बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंहद्वारा दाबी पेस

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंहद्वारा दाबी पेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

प्रदेश प्रमुख यादब चन्द्र शर्माले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्नआग्रह गर्नुभए बमोजिम लामाले दाबी पेस गर्नुभएको हो । उहाँले कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

लामालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले हस्ताक्षर गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.