यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : केपी ओली

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सञ्चारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताउनु भयो । उहाँले यस वर्ष आफू प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, 'त्यस्तो त लाग्दैन मलाइ । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.