लुम्बिनी प्रदेश : जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेश : जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

दाङ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

पार्टीले दिएको निर्णय कार्यान्वयन गर्दै प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनता समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिनुभयो । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

पार्टीका दुईजना प्रदेश सभा सदस्यमध्ये भण्डारीललाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषिमन्त्री हुनुहुन्छ । यद्यपि उक्त दलबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.