हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन : माधव नेपाल

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र मतभेद नभएको दोहोर्‍याउनु भएको छ । अखिल नेपाल महिला संघ समाजवादीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष नेपालले आगामी महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन सामुहिकताको आधारमा तय भएकाले नेतृत्व समेत सहमतिको आधारमा चयन हुने बताउनुभयो ।

उहाँले विचारमा मतभेद नभएकाले पार्टी सामुहिकताको आधारमा दस्तावेजहरुलाई थप मजबुद बनाउन आफूहरु सक्रिय रहेको बताउनुभयो । अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरुले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पार्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.