राष्ट्रपति अलोकतान्त्रिक भूमिकामा उत्रिए : अध्यक्ष ओली

मंसिर २, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति अलोकतान्त्रिक भूमिकामा उत्रिए : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अलोकतान्त्रिक भूमिकामा उत्रिएको आरोप लगाएका छन् ।

पार्टीको जनसंगठनको भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एक वर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता र भेदभावपूर्ण व्यवहार देखाएको आरोप लगाए । राष्ट्रपति नै संविधान कमजोर बनाउनेतर्फ लागेको उनको टिप्पणी छ ।

अध्यक्ष ओलीले मुलुकमा बेथितिको थुप्रो हुनुमा सत्तारुढ पार्टीहरुकै दोष रहेको टिप्पणी पनि गरे । नागरिकमा देखा परेको चरम निराशा कम गर्न र वर्तमान व्यवस्थाप्रति भइरहेका आक्रमण अन्त्य गर्नसमेत अभियान चलाउने उनले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.