प्रतिनिधिसभा बैठक सुरु, बजेटका विषयमा छलफल चल्दै

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठक सुरु, बजेटका विषयमा छलफल चल्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि दिउँसो साढे १ बजेका लागि सारिएको थियो । बैठकमा बजेटका विषयमा छलफल चलिरहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, रास्वपा, राप्रपालगायत दलहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको भन्दै सदनमा प्रश्न उठाइएको छ ।

सरकारले यही जेठ १५ गते संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल आज पनि जारी रहेको छ । बजेटमाथिको छलफल हिजो (सोमबार) देखि सुरु भएको हो ।

उता राष्ट्रियसभाको बैठक भने सूचना टाँस गरी स्थगित गरिएको छ । आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएको उल्लेख गर्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार बिहान ११ बजेर ११ मिनेटका लागि निर्धारण गरिएको जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.