प्रतिनिधिसभा बैठक साढे १ बजेका लागि सर्‍यो

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठक साढे १ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि दिउँसो साढे १ बजेका लागि सारिएको संसद् सचिवालयले सूचनामार्फत जनाएको छ ।

‘आज मिति २०८० साल जेठ २३ गते मंगलवार ११:०० बजेको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै दिनको १:३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.