ढाकाकुमारको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, विन्दवासिनी कंशाकारलाई सांसद बन्ने बाटो खुल्यो

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
ढाकाकुमारको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, विन्दवासिनी कंशाकारलाई सांसद बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको रिटमा अन्तरिम आदेश गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले ढाकाकुमारको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

समानुपातिक सांसद पदबाट निलम्बन गर्ने पार्टी निर्णयविरुद्ध सर्वोच्चमा पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश जारी नभएपछि उनको स्थानमा पठाइएकी विन्दवासिनी कंसाकारलाई सांसद पदमा शपथ गर्न बाटो खुलेको छ ।

मेडिकल शिक्षा व्यवसायी दुर्गा प्रसााईसँग २ करोड माग गरेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई सांसदबाट निष्कासन गरेर उनको ठाउँमा कंशाकारलाई समानुपातिक सांसद बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

आयोगले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको प्रमाणपत्र कंशाकारलाई दिइसकेको छ । उनी निर्वाचित भएको पत्र निर्वाचन आयोगबाट संसद् सचिवालयमा समेत पुगिसकेको छ ।

विन्दवासिनी कंसाकारलाई आयोगले दियो सांसदको प्रमाणपत्र, के गर्लान् ढाकाकुमार ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.