संसद्‌मा प्रमुख प्रतिपक्षी दल को हो ? (भिडियो)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा प्रमुख प्रतिपक्षी दल को हो ? (भिडियो)

काठमाडौं । राजनीतिक समीकरण फेरिएसँगै संसदमा प्रमुख प्रतिपक्षी दल कुन हो भन्ने विवाद सुरु भएको छ । फागुन १५ मा सरकारबाट बाहिरिएको नेकपा एमालेले आफू प्रमुख प्रतिपक्षी भएको भन्दै सोहीअनुसार संसद्‌मा सिट व्यवस्थापन गर्न सभामुख देवराज घिमिरेसँग माग गरेको छ ।

सभामुख घिमिरेले आज (शनिबार) गरेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका मुख्य सचेतकहरुसँगको छलफलमा एमालेले प्रमुख प्रतिपक्षको रुपमा सिट व्यवस्थापन गर्न माग गरेको हो । आफ्नो मागमा सभामुखले सकारात्मक जवाफ दिएको एमालेले जनाएको छ ।

सभामुख र प्रमुख तीन दलका मुख्य सचेतकहरुबीचको छलफलमा संसद्‍को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि कुरा भएको छ ।

भोलि (आइतबार) बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक पेस गर्ने प्रारम्भिक कार्यसूची छ । त्यस्तै संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुने कार्यसूची तय गरिएको छ।

सम्बन्धित समाचार...

प्रधानमन्त्री एक्लैको नेतृत्वमा १६ वटा मन्त्रालय, कर्मचारीको बढुवादेखि बजेट निर्माणमा असर (भिडियो रिपोर्ट)
दाहाल कांग्रेसतिर ढल्किँदा एमाले शक्तिविहीन (भिडियो)
विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री (भिडियोसहित)