सजाइँदै संसद्‌ भवन, शुक्रबार राष्ट्रपतिले सम्बोधन गर्ने

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सजाइँदै संसद्‌ भवन, शुक्रबार राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि संसद् सचिवालयले संसद् भवन सजाउन थालेको छ ।

राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न ३ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको संसद्‌का प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति भण्डारीको पदावधि सकिन एक महिना मात्र बाँकी छ ।

यसअघि उनले गत जेठ १४ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्वजानिक गरेकी थिइन् । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनलगत्तै ५ बजे संसद बैठक बस्दै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.