समितिमा राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाअभियोग तीन महिनाभित्रै टुंग्याउनुपर्ने प्रस्ताव

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
समितिमा राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाअभियोग तीन महिनाभित्रै टुंग्याउनुपर्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाअभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ ।

समितिको आजको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाअभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाअभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरेको हो । सचिवालयले समितिमा भएको छलफलका आधारमा खाका तयार पारेर समितिका सदस्यहरुलाई वितरण गरेको छ ।

यो विषयमा भोलि बस्ने बैठकमा पनि छलफल हुँदै छ । प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्न माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । उनीहरुलाई १५ दिनको समय दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.