मिडियाविरुद्धको अभिव्यक्ति लोकतन्त्रमाथि खतरा : गगन थापा

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
मिडियाविरुद्धको अभिव्यक्ति लोकतन्त्रमाथि खतरा : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडियाविरुद्धको अभिव्यक्तिले लोकतन्त्रमाथि नै खतरा पैदा गर्न सक्ने औंल्याएका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विशेष महत्त्व हुने उल्लेख गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले नेपाली राजनीतिमा लोकतान्त्रिक संस्कारबारे बहस आवश्यक रहेको उल्लेख गरिन् । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले शीर्ष नेताहरुले शासन प्रणालीलाई नै आफूमा केन्दि्रत गरेको टिप्पणी गरे ।

कार्यक्रममा नेपाली राजनीति र लोकतान्त्रिक संस्कारका विषयमा छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.