प्रदेश सरकारको काम जनताले अनुभूत हुने गरी होस् : खापुङ

माघ २४, २०७९ |सुशीला पाठक
प्रदेश सरकारको काम जनताले अनुभूत हुने गरी होस् : खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारलाई शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, वन, आर्थिक विकास तथा सामाजिक न्यायका लागि जनताले अनुभूत हुने गरी काम गर्न आग्रह गरेका छन् ।

एक नम्बर प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले पहिलो प्रदेशसभाबाट थाती रहेको प्रदेशको नामकरण गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले विवेकपूर्ण ढंगले नागरिकको हितमा कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । बारम्बार गरिरहनुपर्ने संशोधनको आलोचनाबाट मुक्त हुनुपर्नेमा प्रदेश सरकार लाग्नुपर्ने उनको सुझाव छ । प्रदेश सभाको १० वटा अधिवेशनबाट अहिलेसम्म ६२ वटा कानुन निर्माण गरी लागु गरिएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।