राष्ट्रियसभामा तीनवटा विधेयक सर्वसम्मति पारित

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभामा तीनवटा विधेयक सर्वसम्मति पारित

काठमाडौं । राष्ट्रियसभाबाट तीनवटा विधेयक सर्वसम्मत पारित भएको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक २०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीका तर्फबाट पेस गरेको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित गरिएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेस गरेकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपराह्‍न ५ बजेका लागि बोलाइएको छ ।   


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.