राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् ।

सोमबार राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् । उनले राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने उल्लेख गरिन् ।

उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् ।

उनले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने र महिलाहरुका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने प्रतिबद्धता जनाइन् ।

‘यहाँ रहँदाखेरि म यो पार्टी, ऊ पार्टी भन्दा पनि हामी सबैको योगदान छ, यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको छ । कति यो ठाउँसम्म नआउँदै हराउनु भयो । सिद्दिनु भयो । कति सहिद हुनुभयो । ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौं,’ उनले भनिन् ।

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेको बताइन् ।

आफूले कसैको पक्ष नलिइ काम गर्ने कुरामा सबैको विश्वास रहेको उनको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.