सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्छु : सभामुख घिमिरे

माघ ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्छु : सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठीक र निष्पक्ष ढंगबाट गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि बिहीबार सञ्चारकर्मीसँग उनले पदमा रहँदा निष्पक्ष र तटस्थ भमिकामा आफू कार्यसम्पादनमा लाग्ने जनाए । उनले विगतबाट शिक्षा लिँदै संसद्‌लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधिसभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु । विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसद्‌लाई चुस्त बनाउन लाग्नेछु,’ उनले भने । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भए । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement