दोलखाका १० केन्द्रमा पुन: मतदान

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
दोलखाका १० केन्द्रमा पुन: मतदान

काठमाडौं । दोलखाका १० केन्द्रमा पुन: मतदान हुने भएको छ ।

दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर मावि केन्द्रको (क), (ख), (ग), वडा २ को जनज्योति मावि पुतलीकाठका केन्द्र (क) र (ख), तामाकोसी गाउँपालिका ३, हेल्थपोस्ट भवन जफे केन्द्रका (क) र (ख) मा मंसिर ४ मा भएको निर्वाचन रद्द गर्दै आयोगको आइतबार साँझ बसेको बैठकले पुन: मतदान गर्ने निर्णय गरेको हो ।

यस्तै वैत्यश्वर ३, कालीढुंगा मावि केन्द्रका (क), (ख), (ग) मा गरी विवादित १० केन्द्रको मतदान मंसिर १५ भित्र गर्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ । जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.