डोल्पाका प्रतिनिधि भन्छन्, 'विकासको गतिलाई तीव्र बनाउनेछौँ ।'

मंसिर १०, २०७९
डोल्पाका प्रतिनिधि भन्छन्, 'विकासको गतिलाई तीव्र बनाउनेछौँ ।'

डोल्पा । जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारहरूले डोल्पालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विजयी भएसँगै आयोजना गरिएका विभिन्न कार्यक्रममा बोल्नेक्रममा उनीहरूले त्यहाँको विकासको गतिलाई तीव्र बनाउने बताएका हुन् ।

आफ्नो ५ वर्षको अवधिमा शिक्षा, स्वास्थ्य लगायत विभिन्न भौतिक पूर्वाधारहरुमा उल्लेख्य काम गर्न आफूहरु प्रतिबद्ध रहेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले बताए ।

यस जिल्लाबाट प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई जनाको प्रतिनिधित्व छ । प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका हुन् भने प्रदेशसभा १ (१) मा नेकपा एमालेका शेरबहादुर बुढा र १ (२) मा माओवादी वीरबहादुर शाहीले जितेका हुन् ।

धनबहादुर बुढा २०७० र २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित भएका थिए भने यस पटक नेकपा एकीकृत समाजवादीबाट विजयी भएका हुन् । उनी २०७४ मा पर्यटन राज्यमन्त्रीसमेत भई सकेका हुन् ।