पराजित भएपछि रेखा थापा भन्छिन्- राजनीतिमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
पराजित भएपछि रेखा थापा भन्छिन्- राजनीतिमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले चुनावमा पराजित भएपछि जित्नु वा हार्नुको मात्र अर्थ नभएको बताएकी छन् ।

थापा मोरङ क्षेत्र नम्बर ३ पराजित भएपछि उनले समानुपातिकबाट सांसद बन्ने अवसर पाए पनि प्रत्यक्ष निर्वाचनमा सहभागी भएको बताइन् ।

‘उम्मेदवारलाई जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । निर्वाचित हुने एकजना मात्र हो । राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन,’ उनी भन्छिन्, ‘सांसद मात्र बन्ने चाहना भएको भए प्रत्यक्षमा नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरासामु थियो ।’

निर्वाचनमा पराजित हुँदैमा आफू जनताबाट टाढा नहुने उनको भनाइ छ । साथै उनले मतदातालाई धन्यवादसमेत दिइन् । यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्मा निर्वाचित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.