लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

माघ २८, २०८२ |आश गुरुङ
लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते छन् ।

मर्स्याङ्दी गाउँपालिका-९ मिर्चेस्थित भित्रि सडक खण्डमा भुजुङबाट कालढुङ्गातर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जिप दुर्घटना भएको हो । बुधबार बिहान पौने ११ बजेतिर दुर्घटना हुँदा जिपमा सवार भुजुङ बस्ने ७४ वर्षीया मल कुमारी गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर रहेकी उनलाई प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा दिउँसो १२ः५० मा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिपमा १० जना सवारमध्ये सात जना घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब ५० मिटर तल खसेर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पेक्टर अभिषेक पाण्डेले बताउनुभयाे । उहाँकाअनुसार चालक र जिपलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।