सालक संरक्षणका लागि ७ बुँदे माडी घोषणापत्र जारी

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सालक संरक्षणका लागि ७ बुँदे माडी घोषणापत्र जारी

चितवन । सालक संरक्षणका लागि ७ बुँदे माडी घोषणापत्र जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सकिएको छ ।

चितवनको माडीमा सोमबार आयोजित सम्मेलनले सालकलाई बागमती प्रदेशको गौरवको प्राणी घोषणा गर्दै बजेट व्यवस्थापनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । 

बागमतीका मुख्य मन्त्री ईन्द्रबहादुर बानियाँले सालक संरक्षणमा नीति कार्यक्रम सहितको उचित बजेट व्यवस्थापनको प्रतिबद्धता जाहेर गर्नुभएकाले सोको वैधानिकता प्रदान गर्न आवश्यक पहल गर्ने निर्णय गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.