पाल्पामा निर्वाचन प्रहरीकाे तालिम सुरू

माघ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पामा निर्वाचन प्रहरीकाे तालिम सुरू

पाल्पा । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा निर्वाचन प्रहरीका लागि सदरमुकाम तानसेन र रामपुरमा तालिम सुरू भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको आवश्यक सुरक्षा व्यवस्थाका लागि आवश्यक निर्वाचन प्रहरीको लागि तानसेनको श्रीनगरडाँडामा ११ समूह, सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ३५ र इलाका प्रहरी कार्यालय रामपुरमा तीन समूहमा तालिम सुरू भएको हो । 

पाल्पा जिल्लाभर एक हजार ५९७ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम दिन थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.