
बागलुङ । निर्वाचन प्रहरीको लागि बागलुङमा तालिम सुरू भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक निर्वाचन प्रहरीको लागि बागलुङका चार स्थानमा तालिम सुरू भएको हो ।
जिल्लाभर एक हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम दिन थालिएको छ । इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९, बुर्तिवाङमा ३१०, गल्कोटमा १८१ र बाँकी ७ सय ४८ जनाको जिल्ला प्रहरी कार्यालय बागलुङमा तालिम सुरू भएको छ ।