निर्वाचन प्रहरीको लागि बागलुङमा तालिम सुरू

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन प्रहरीको लागि बागलुङमा तालिम सुरू

बागलुङ । निर्वाचन प्रहरीको लागि बागलुङमा तालिम सुरू भएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक निर्वाचन प्रहरीको लागि बागलुङका चार स्थानमा तालिम सुरू भएको हो ।

जिल्लाभर एक हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम दिन थालिएको छ । इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९, बुर्तिवाङमा ३१०, गल्कोटमा १८१ र बाँकी ७ सय ४८ जनाको जिल्ला प्रहरी कार्यालय बागलुङमा तालिम सुरू भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.