चितवन । नारायणघाट-मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइन खोला नजिकै माथीबाट ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।
आइतबार दिउँसो नारायणघाटबाट मुग्लिङ तर्फ जाँदै गरेको यूपी ८० जीपी २९८९ नम्बरको भारतीय कारमा सडक माथिबाट ढुङ्गा खस्दा कारमा सवार तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा कार चालक भारत आग्रह बस्ने वर्ष ४२ का रतेन्द्र यादव, सोही स्थानका वर्ष ३३ को हर्मोन यादव र वर्ष ३५ का हितेन्द्र यादव रहेका छन् । दुई जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ढुङ्गाले कारमा क्षती पुर्याएको छ ।