रामेछापको उच्च पहाडी क्षेत्रमा हिमपात

चैत्र १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रामेछापको उच्च पहाडी क्षेत्रमा हिमपात

रामेछाप । जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपातसहित असिना पानी परेको छ ।

पर्यटकीय क्षेत्र शैलुङ सहित उमाकुण्ड गाउँपालिकाको उच्च भेगमा शनिबार साँझबाट हिमपातसहित असिना पानी परेको हो । मकै छर्ने बेलामा वर्षा भएपछि किसान खुसी भएका छन् । 

 अहिलेको हिमपात तथा असिना पानीले उच्च भेगका किसानहरूलाई ठूलो राहत भएको उमाकुण्ड गाउँपालिका-५ प्रीतिका मणिराज सुनुवारले बताउनुभयो ।

उहाँका अनुसार मकै छर्ने बेला भएको र आलु कृषकलाई पनि यो पानीले ठूलो राहत मिलेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.