गुल्मीको हर्मीचौरदेखि बाग्लुङ्गको बलेवा सडक खण्ड एक साताका लागि बन्द

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गुल्मीको हर्मीचौरदेखि बाग्लुङ्गको बलेवा सडक खण्ड एक साताका लागि बन्द

गुल्मी । कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत गुल्मीको हर्मीचौरदेखि बाग्लुङ्गको बलेवा सडक खण्डमा एक साताका लागि सवारीसाधन आवतजावत बन्द भएको छ ।

कालीगण्डकी कोरिडोरको गैँडाकोट-पाल्पा राम्दी-मालढुंङ्गा सडक योजना कार्यालय पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पा, गुल्मी र बाग्लुङ्गलाई पत्राचार गरी आजदेखि एक साताका लागि सडक बन्द भएको जनाएको हो ।

यो सडक खण्डको गुल्मी कालीगण्डकी गाउँपालिका-२, मा भीर कटान गर्नुपर्ने भएकाले सडक बन्द गरिएको हो । प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द हुने कालिगण्डकी कोरिडोर सडक योजनाका सूचना अधिकारी अरूण खत्रीले बताउनुभयो।

यो सडकको विकल्पमा हर्मीचौर मिर्मी आँधिदोभान हुँदै पुर्तिघाट सडक प्रयोग गर्न सकिने आयोजना कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.