लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन

लमजुङ । दूधपोखरी गाउँपालिकाकी पूर्व अध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ । ५८ वर्षीया गुरुङको गए राति निधन भएको हो ।

क्यान्सर रोगको उपचार गराउँदै आउनु भएकी गुरुङको सोमबार भरतपुर क्यान्सर अस्पताल लैजाने क्रममा राति साढे २ बजे बाटोमै निधन भएको परिवारले जनाएको छ ।

गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो । दूधपोखरी गाउँपालिका-५ कोल्की घर भएकी गुरुङ लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । गुरुङ नेपाली काङ्ग्रेसको महासमिति सदस्य एवं गण्डकी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।

गुरुङको निधनप्रति नेपाली कांग्रेस लमजुङले दुःख व्यक्त गरेको छ । सामाजिक र राजनीतिक काममै सक्रिय रहँँदै आउनु भएकी गुरुङ अविवाहित हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement