धनुषामा हिरासत कक्षबाट फरार ९ जना थुनुवामध्ये ७ जना पक्राउ

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
धनुषामा हिरासत कक्षबाट फरार ९ जना थुनुवामध्ये ७ जना पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज बिहान फरार भएका ९ जना थुनुवामध्ये ७ जना पक्राउ परेका छन् । दुई जनाको खोजी जारी रहको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फोरेर थुनुवाहरू फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार आज बिहान करिव ४ बजे तिर हिरासत कक्षको भेन्टिलेटर फोरेर ९ जना थुनुवा फरार भएका थिए ।

फरार भएकाहरू लागूऔषध र अभद्र व्यवहारमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषामा दुई तले आधुनिक हिरासत कक्ष छ। हिरासत कक्षको भुईंतलामा थुनुवाको सामूहिक कक्ष छ । हिरासत कक्षको माथिल्लो तल्ला महिला थुनुवा राखिन्छ । तल्लो र माथिल्लो दुवै तलामा सेन्ट्री बसे पनि एकै पटक ९ जना थुनुवा फरार भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement