झापाको प्लाइउड कारखानामा आगलागी

फाल्गुन २८, २०८० |कान्तिपुर टीभी संवाददाता
झापाको प्लाइउड कारखानामा आगलागी

झापा । मेचीनगर-१५ ज्यामिरगढीस्थित भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहानदेखि लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । नेपालका ९ र भारत पानीट्यांकीबाट मगाइएको एउटा दमकलले आगो नियन्त्रणमा लिइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ५ बजेदेखि आगो लागेको हो । आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

कुनै मानवीय क्षति भने भएको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। जिल्लाकै ठूलो यो उद्योगमा नेपाली र भारतीयसहित एक हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement