ग्लोबल मिडिया कङ्ग्रेसमा नेपालको प्रतिनिधित्व गर्दै फूर्वा शेर्पा सहभागी

मंसिर २३, २०८०
ग्लोबल मिडिया कङ्ग्रेसमा नेपालको प्रतिनिधित्व गर्दै फूर्वा शेर्पा सहभागी

आबुधाबी । नेपालको प्रतिनिधित्व गर्दै टेलिभिजनकर्मी फूर्वा शेर्पा अबुधाबीमा आयोजित ग्लोबल मिडिया कङ्ग्रेसमा सहभागी भएका छन् । 

तीन दिने सम्मेलनमा विभिन्न मुलुकका शिक्षाविद्, विश्वविद्यालयका विद्यार्थीसहित केही शीर्ष उद्योगपति र विशेषज्ञ सहभागी थिए । सम्मेलनमा १ सय ७२ देशका १३ हजार प्रतिनिधिसहित २३ हजारभन्दा बढीको सहभागिता थियो । 

यो वर्षको ग्लोबल मिडिया कङ्ग्रेसको नारा ‘सेपिङ द फ्युचर अफ द मिडिया इन्डस्ट्री’ राखिएको थियो । दिगोपन, नवप्रवर्तन, अत्याधुनिक सञ्चार प्रविधिहरू, खेलकुद मिडिया, युवा संलग्नता र सञ्चार उद्योगलगायत विषयकेन्द्रित ३६ मुख्य सत्र रहेको सम्मेलनमा १ सय ६० जना वक्ताले आफ्ना विचार प्रस्तुत गरेका थिए ।