सुलभ अग्रवाल र दीपक भट्टको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

हिमालय रि–इन्स्युरेन्समा पनि खानतलासी
वैशाख २, २०८३ |कान्तिपुर टीभी संवाददाता
सुलभ अग्रवाल र दीपक भट्टको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका सुलभ अग्रवाल र दीपक भट्टको घर तथा हिमालय रि–इन्स्युरेन्समा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल र इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । ‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहदाधारी पदाधिकारी तथा कर्मचारीसँगको पहुँचमा रहेर ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक/बीमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका सन्दिग्ध गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

भट्टलाई चैत १९ मा र अग्रवाल २१ चैतमा पक्राउ गरिएको थियो । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा सुरुमा शंकर अग्रवाललाई र त्यसको तेस्रो दिनमै सुलभलाई पक्राउ गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.