वर्षाैँ बित्दा पनि राजविराज-भारदह सडक अधुरै, आक्रोशित स्थानीयद्वारा चक्काजाम

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्षाैँ बित्दा पनि राजविराज-भारदह सडक अधुरै, आक्रोशित स्थानीयद्वारा चक्काजाम

सप्तरी । ठेक्का लागेको तीन वर्ष ८ महिना हुँदा पनि सप्तरीको राजविराज-भारदह सडक खण्डअन्तर्गतको ८ किलोमिटर सडक निर्माण नभएको भन्दै आक्रोसित स्थानीयले तोपामा बुधबार बिहानदेखि चक्काजाम गरेका छन् ।

सडक निर्माणमा चरम लापरबाही देखाएको ठेकेदार कम्पनी शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले पानीसमेत नछर्किंदा धुलोले सर्वसाधारणलाई सास्ती छ । १८ किलोमिटर लामो राजविराज-भारदह सडक खण्डअन्तर्गत राजविराजदेखि पूर्व ८ किलोमिटर सडक निर्माण गर्न सडक डिभिजन लहानबाट २०७९ असार २३ मा शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले २२ करोड ५३ लाख ५१ हजार २७२ रूपैयाँमा ठेक्का पाएको थियो । 

 ठेक्काको म्याद पटक पटक म्याद थपेर चैतसम्म कायम गरिएको छ। सडक विभाग लहानका इन्जिनियर शिवनारायणप्रसाद साहका अनुसार हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै छ। ठेकेदारको चरम लापरबाहीले सडक अलपत्र भएपछि ठेक्का तोड्ने प्रक्रिया चलिरहेको इन्जिनियर साहले जानकारी दिनुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.