
आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८ सय ५७ मतान्तरले पराजित गर्नुभएको हो । अमरेशले ३५ हजार ६ सय ८८ मतले ल्याउँदा गगनले २२ हजार ८ सय ३१ मत प्राप्त गर्नुभयो । गगन २०६४ सालदेखि संसदीय यात्रामा हुनुहुन्थ्यो ।
पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उहाँले पछिल्लो तीन पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित्नु भएको थियो ।