
सिरहा । सिरहा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिव यादव प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित हुनुभएकाे छ ।
यादव ३९ हजार ५ सय ६१ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे हाे । यस क्षेत्रमा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सिरहा जिल्ला सभापतिसमेत रहनुभएका रामचन्द्र यादवले १२ हजार ८ सय १४ मत प्राप्त गर्नुभयाे ।
नेकपा एमालेका उम्मेदवार नवीनकुमार यादव ६ हजार ७ सय १३ मतसहित तेस्रो हुनुभएकाे छ ।