
सिरहा । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
चारवटै क्षेत्रमा मतगणना जारी रहँदा सुरूदेखि नै रास्वपाका उम्मेदवारहरू अग्रस्थानमै छन् । पछिल्लो मत परिणामअनुसार, सिरहा-१ मा रास्वपाका उम्मेदवार बब्लु गुप्ताले १ हजार ५ सय ९९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ३ सय ५६ र एमालेका रामाशंकर यादवले १ सय ५८ मत पाएका छन् ।
सिरहा-२ मा रास्वपाका उम्मेदवार शिव यादवले ३ हजार ९ सय ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामचन्द्र यादवले १ हजार १ सय १२ मत प्राप्त गरी उहाँलाई पछ्याइरहनुभएकाे छ । यहाँ जनता समाजवादी पार्टी, नेपालका संजीवकुमार यादवले ६ सय ९७ मत पाउँदा नेपाली कम्युनष्ट पार्टीका मुक्तिनारायण सिंहले १ सय ६२ मत पाउनुभएकाे छ ।
सिरहा-३ मा रास्वपाका उम्मेदवार शम्भुकुमार यादवले हालसम्म १ हजार १ सय ७७ मत पाउनुभएकाे छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विश्वनाथ साहले ८ सय ३३, नेकपा (एमाले)का लिलानाथ श्रेष्ठले ७ सय ७८, जसपाका असेश्वर यादवले ६ सय ८६ र नेपाली कांग्रेसका सुभाषचन्द्र यादवले ४ सय ३६ मत प्राप्त गर्नुभएकाे छ ।
सिरहा-४ मा पनि रास्वपाकै तपेश्वर यादवले ४ हजार ३ सय ५५ मत प्राप्त गरी अग्रता कायम राख्नुभएकाे छ । यहाँ नेकपाका अजयशंकर नायक १ हजार १ सय ४० मत पाउँदा जनमत पार्टीका वीरन्द्र प्रसाद महतोले ८ सय ८९ मत प्राप्त गरी तेस्राे स्थानमा छन् ।
यसैगरी, नेपाली कांग्रेसकी चन्द्रकला कुमारी यादवले ७ सय १०, नेकपा (एमाले)का धर्मनाथ साहले ५०८ मत र जसपाका राजकिशोर यादवले ५ सय ४१ मत प्राप्त गर्नुभएकाे छ ।