दैलेखमा २१ उम्मेदवार चुनावी मैदानमा, मतदाताको भरोसा जित्ने कसले?

फाल्गुन १८, २०८२ |चक्र भण्डारी
दैलेखमा २१ उम्मेदवार चुनावी मैदानमा, मतदाताको भरोसा जित्ने कसले?

दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा दैलेखमा दुईवटा निर्वाचन क्षेत्रबाट २१ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । 

हरेक पटकको चुनावमा आश्वसान दिने तर कार्यान्वयन नगर्ने दलका नेताहरूले नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधान गर्न नसक्दा मतदाताहरू निरास छन् । चुनावको दिन नजिकिएसंगै घरघरमा पुगेर उम्मेदवार फेरि आश्वास बाड्दै छन् ।

पटक पटकका निर्वाचनपछि पनि आम मतदाताको दैनिकी उस्तै कष्टकर हुँदा उम्मेदवारहरुप्रति मतदाताको अविश्वास बढेको हो। शिक्षा, स्वास्थ्य, रोजगारीलगायत नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधान गर्न दलका उम्मेदवार इमान्दार बन्नुपर्ने दैलेखका मतदाताको अपेक्षा छ।

दैलेखमा दुईवटा निर्वाचन क्षेत्रको लागि १८ वटा राजनीति दल र ३ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धा छन् । प्रतिस्पर्धामा उत्रिएका राजनैतिक दलहरुले चुनावी एजेन्डमा सडक, खानेपानी, विद्युतीकरण, अस्पताल निर्माण, शैक्षिक सुधार, पेटोलियम पदार्थ उत्खनन, विद्युत् उत्पादनको हव आदि प्राथमिकतामा राखेका छन् ।

दैलेख जिल्लाभर १ लाख ६१ हजार २ सय ४ जना मतदाता छन् । जसका लागि २ सय ८ मतदान केन्द १ सय ३९ मतदान स्थल तोकिएका छन् । निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान स्थलको भौतिक पूर्वाधार तथा सुरक्षाका विभिन्न पक्षको तयारी गरिएको छ ।

हरेक उम्मेदवारले विकास सुशासन र सक्षम नेतृत्वलाई मुख्य ऐजेन्डा बनाएका उम्मेदवार मध्ये कसले बाजी मार्नेछ केही दिनमै नतिजा आउने नै छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।