निर्वाचनपछि संसद् र सरकार दुबैमा युवाहरूको वर्चश्व हुनेछ : सञ्चारमन्त्री खरेल

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनपछि संसद् र सरकार दुबैमा युवाहरूको वर्चश्व हुनेछ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि संसद् र सरकार दुबैमा युवाहरूको वर्चश्व रहने दाबी गर्नुभएको छ ।

शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आकलन गर्नुभएको हो । मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद् र सरकारमा युवाहरूको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो । 

उहाँले संसद् र सरकार दुबैमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि नै खुसीको कुरा भएको समेत बताउनु भयो । मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सो विभागले चाहेजति काम गर्नसक्ने अवस्था नभएकोतर्फ आफू सचेत रहेको पनि बताउनु भयो । उहाँले स्रोत र साधनको अभावमा आफूले पनि मातहतका निकायलाई काम गर्न निर्देशन दिने अवस्था नभएको पनि स्वीकार गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.