
काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकताबद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरूलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई थप अग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनु भयो । उहाँले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरूलाई सहयोग गर्न समेत प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अझै बढी एकताबद्ध र अझै अग्रगामी बाटोमा लैजानको लागि महाधिवेशन प्रतिनिधिज्यूहरूको हामीलाई सहयोग हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ उहाँले संस्थापन पक्षबाट महासचिव पदमा उम्मेद्वारी दिनुभएको छ ।