प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेस सांसदहरूले दायर गरेको रिट सर्वोच्चमा दर्ता

पुस २ गतेका लागि ताेकियाे पेसी
मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेस सांसदहरूले दायर गरेको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेस सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालत दर्ता भएको छ । 

रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेसी तोकिएको छ । प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको जिकिर गर्दै कांग्रेस सांसदहरूले रिट दायर गरेका हुन् । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधि सभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सचेतक सुशीला थिङलगायतले रिट दायर गरेका हुन् । 

उनीहरूले रिटमा राष्ट्रपति र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, सभामुख देवराज घिमिरे र संसद् सचिवालयलाई विपक्षी बनाएका छन् । प्रतिनिधिसभा कायमै रहेको बेला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको काम असंवैधानिक रहेको उनीहरूको तर्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.