भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय दिवस : माइतीघरमा प्रदर्शन

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय दिवस : माइतीघरमा प्रदर्शन

काठमाडौं । संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरूद्धको महासन्धि पारित भएको २२औं वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरूद्ध दिवस’ मनाइएको छ ।

यसै क्रममा काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारविरूद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा विभिन्न नागरिक समाज, सुशासन तथा भ्रष्टाचारविरोधी अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले “भ्रष्टाचार मुर्दावाद”, “सुशासन जिन्दावाद”, “भ्रष्टाचारको अन्त्य गर” जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण रूपमा विरोध जनाएका छन् । 

भ्रष्टाचारविरुद्धको यो दिवस हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर मनाइन्छ । नेपालले सन् २००३ मा पारित उक्त महासन्धिलाई २०११ मा अनुमोदन गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.