जाँचबुझ आयोगले सशस्त्र प्रहरी प्रमुखसँग बयान लिँदै

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छिट्टै बयान लिने तयारीमा आयाेग
मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाँचबुझ आयोगले सशस्त्र प्रहरी प्रमुखसँग बयान लिँदै

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसँग बयान लिइरहेको छ ।

भदौ २३ गतेको जेन-जी आन्दोलन, २४ गते उत्पन्न अवस्था, नयाँ बानेश्वरमा भएको सुरक्षा समन्वय अभाव, ती घटनामा सशस्त्र प्रहरीको भूमिकालगायतका विषयमा आयोगले अर्यालसँग बयान लिइरहेको हो । यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छिट्टै बयान लिइने आयोगले जनाएको छ । 

यसअघि आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतसँग बयान लिइसकेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्र रमेश लेखकसँग पनि बयान लिन बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.