
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आइतबार संसद् सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो प्रतिक्रिया दिनुभएको हो । आफूहरूले प्रतिनिधि सभा नभए पनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिए पनि सो अनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो थियो ।
उहाँले संसद्का कर्मचारीहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुनलगायतका व्यवस्था गर्न संसद् एकेडेमी आवश्यक रहेको समेत बताउनु भयो । सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसद्लाई स्थापित गराउने काममा लाग्न पनि ढिलाइ गर्न नहुने बताउनु भयो ।
सभामुख घिमिरेले संसद् सचिवालयको पदाधिकारी नियुिक्तको विषयमा पनि गम्भीर छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो