
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो । भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारसहिति संसद् भवन, सर्वोच्च अदालतलगायतका सरकारी भवनहरूमा आगजनी र तोडफोड समेत भएको थियो । प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गर्नुभयो ।