निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हाे : अर्थमन्त्री खनाल

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हाे : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज-नाफिजको १६औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री खनालले निर्वाचन सार्दा उत्पन्न हुने अनिश्चयले युवालाई थप निराश बनाउने बताउनु भयो । लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले संविधानबमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको बताउनु भयो । 

जेन-जी आन्दोलन आर्थिक समृद्धिका लागि नभइ भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको उहाँको भनाइ छ । अर्थमन्त्री खनालले समाजमा रहेका गलत जुनसुकै क्रियाकलापलाई पनि नियन्त्रण गर्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.