भेडेटारमा सञ्चालित होटल रेस्टुराँमा धनकुटा प्रशासनको अनुगमन

कार्तिक २८, २०८२ |विनोद घिमिरे
भेडेटारमा सञ्चालित होटल रेस्टुराँमा धनकुटा प्रशासनको अनुगमन

धनकुटा । धनकुटा प्रशासनले पर्यटकीयस्थल भेडेटारमा सञ्चालित होटल, रेस्टुराँ र पसलहरूको अनुगमन गरेको छ । 

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा सञ्चालित होटल, रेस्टुराँ र किराना पसल अनुगमन गरेको हो ।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका पेय पदार्थ र अखाद्यबवस्तु जफत गरी नष्ट गरेको छ । अनुगमन टोलीले मूल्य सूचीटाँँस नगर्ने किराना पसल सञ्चालकलाई मूल्य सूची राख्न निर्देशन दिएको छ । साथै आगामी दिनमा अनुगमनका क्रममा कैफियत भेटिए कारबाही गर्ने चेतावनी दिएको छ ।

यस्तै भान्सा सफा र व्यवस्थित गर्न, भान्सामा प्रयोग हुने मसलाजन्य वस्तु खुल्लारूमा भण्डारण नगर्न, भाडा माझ्ने स्थान व्यवस्थित गर्न निर्देशन दिएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।