प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् ।

बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेट गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आगामी फागुन २१ काे प्रतिनिधि सभा सदस्य निर्वाचनबारे प्रधानमन्त्री कार्कीसँग छलफल गर्नुभयो । 

छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरूसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्तालगायतका विषयहरूमा प्रधानमन्त्री कार्कीले चासो राख्नुभयो । यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिनुभएको थियो । 

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ । निर्वाचनबारे राजनीतिक दलहरू सशंकित भइरहेको बेलामा आयोगसँग प्रधानमन्त्रीले गर्नुभएको भेटलाई महत्वका साथ हेरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.