राई समुदायको वाडाङमी चाड सुरू

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
राई समुदायको वाडाङमी चाड सुरू

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकामा पर्ने छिन्ताङ र आँखीसल्ला क्षेत्रमा राई समुदायको वाडाङमी चाड सुरू भएको छ ।

कार्तिक पूर्णिमा पछिको मंगलबारबाट विधिवत् रूपमा माङला उठाएपछि यो चाडको औपचारिक रूपमा सुरू भएको मानिन्छ । नयाँबाली भित्राएको खुसीयालीमा सात दिनसम्म धुमधामका साथ मनाइने यो चाडमा छिन्ताङ र आँखीसल्लाका राई समुदायले आफ्ना इष्टदेव बुढाहाङको निष्ठापूर्वक पूजा गर्छन् । 

भदौमा उनीहरूले अदुवा र धानजस्ता नयाँबालीको न्वागी मनाएका थिए । तान्त्रिक विद्यामा निपुण मानिएका बुढाहाङलाई यहाँको राई समुदायले इष्टदेवको रूपमा श्रद्धा गर्ने चलन छ । मंगलबारबाट सुरू भएको चाडमा बुध, बिही, शुक्र र शनिबार मुख्य देवता प्रवेश गर्छन भन्ने मिथक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.