चुनावको वातावरण बनाउन सरकार नै जिम्मेवार हुनुपर्नेमा दलहरूको जोड

संविधानले नतिजा नदिँदा जेन–जी आन्दोलन भएको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको जिकीर
कार्तिक २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुनावको वातावरण बनाउन सरकार नै जिम्मेवार हुनुपर्नेमा दलहरूको जोड

काठमाडौं । आसन्न निर्वाचनबाटै जेन-जी आन्दोलनलाई संस्थागत गर्नुपर्ने भन्दै सरोकारवालाहरूले सबैलाई मताधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् । 

संवाद र सहकार्यबाटै चुनाव सफल बनाउनुपर्ने उनीहरूको धारणा छ । नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा गरेको अन्तक्रियामा संविधानविद्, जेन-जी अगुवा, राजनीतिक दलका प्रतिनिधिले चुनावको विकल्प नभएको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने बताए ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी निर्वाचनले देश र जनताको भविष्यको जिम्मा लिनुपर्ने बताउनुभयो । उहाँले अहिलेको संविधान उत्कृष्ठ भएको भए अहिलेको जेन-जी आन्दोलन नहुने बताउँदै निर्वाचनमा मताधिकारको प्रक्रिया पनि त्रुटिपूर्ण रहेको बताउनुभयो ।

राजनीतिक दलका प्रतिनिधिहरूले चुनावको वतावरण बनाउन सरकार नै जिम्मेवार हुनुपर्ने बताए । सरकारले भने चुनावको काम तिव्र भैरहेको भन्दै दलहरूसँग छलफल गरिरहेको दाबी गरेको छ । कानुनमन्त्री अनिलकुमार सिन्हाले चुनावका सन्दर्भमा प्रधानमन्त्रीले दलहरूलाई भेट्दिन नभनेको बताउनुभयो ।

कार्यक्रममा जेन-जी अभियन्ताहरूले संसद् पुनर्स्थापना स्वीकार्य नभएको भन्दै निर्वाचनको परम्परागत प्रक्रिया फेर्नुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.