मेची राजमार्गमा आजबाट यातायातका साधन चल्न थाले

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मेची राजमार्गमा आजबाट यातायातका साधन चल्न थाले

काठमाडौं । लगातारको वर्षाले अवरूद्ध हुँदै आएको मेची राजमार्गमा आइतबारबाट यातायातका साधन चल्न थालेका छन् । 

दविएको सडक मर्मत गरिएपछि सञ्चालनमा ल्याइएको हो । असोज १८ को वर्षापछि दुई भन्डै सातासम्म अवरूद्ध सडक पछिल्लो बेमौसमी वर्षाका कारण पुन समस्याग्रस्त भएको हो । अहिले साना गाडीहरू मात्र सञ्चालन भएका छन् । अझै पनि मौसममा पूर्ण सुधार नआएकाले सचेत भएर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । 

यो सडक इलामसहित पाँचथर, ताप्लेजुङ र तेर्हथुमको आठराई क्षेत्रका बासिन्दाई तराईसँग सम्पर्क स्थापित गर्ने मूख्य माध्यम हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.