
काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रे क्षेत्रमा ठूलो पानी परेपछि सवारी आवागमनमा रोक लगाइएको छ ।
काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीसाधनलाई मङ्गलटारमा रोकिएको हो । त्यस्तै यो राजमार्गको सिन्धुली खण्डमा पनि आज बिहानदेखि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बीपी राजमार्गको सिन्धुलीतर्फ नेपालथोक, रातमाटा, आपघारीलगायतका स्थानमा लेदोसहितको पहिरो झर्न थालेकोले अवस्था सहज नहुन्जेललाई यातायात सञ्चालनमा रोक लगाइएको बताउनुभएको हो ।
त्यस्तै कोशी राजमार्गको संखुवासभा खण्ड अबिरल वर्षापछि पूर्णरूपमा अवरुद्ध छ भने अरनिको राजमार्गको काभ्रे र सिन्धुपाल्चोक खण्ड पहिरोका कारण एकतर्फी चलिहरेको छ ।